Logo

स्थानीय सरकार र युवा जगतको प्रतिनिधित्व



Spread the love

स्थानीय क्षेत्रको शान्तिसुरक्षा‚ विकास एवं प्रशासन स्थानीय क्षेत्रकै  निर्वाचन प्रतिनिधिद्वारा सञ्चालन गर्ने सरकारलाई स्थानीय सरकार भनिन्छ । स्थानिय सरकार स्थानीय संस्थाबाट गरिने शासन हो‚ जसमा जनताबाट निर्वाचित प्रतिनिधि हुन्छन् । केन्द्रीय सरकारको सामान्य नियन्त्रण र निर्देशन भए पनि तोकिएको विषयमा आफ्नो क्षेत्रभित्र स्थानीय सरकारको पूर्ण अधिकार र उत्तरदायित्व हुने गर्दछ । केन्द्रीय सरकारले समग्र देश र स्थानीय सरकारवीच समन्वय र नियन्त्रण गर्दछ भने स्थानीय सरकारले आफ्नो क्षेत्रभित्र समन्वय र नियन्त्रण गर्दछ । एउटा देशमा केन्द्रीय सरकार एउटा मात्र हुन्छ भने स्थानीय सरकार एकभन्दा बढी हुने गर्दछ । नेपालमा गा.वि.स.‚ नगरपालिका र जि.वि.स. लाई स्थानीय सरकारका रुपमा लिने गरिन्छ।

हामी सामान्य अर्थ मा वुझ्न सक्छाै अब सिहदरवार पाउने अधिकारहरु हामि गाउँ घरमा भित्र्याउन लागेका छाै ।

यो सव्य भव्य उत्सव हामि नेपालिहरुको घर अागनमा करिव २० बर्ष पछि भित्रिदै छ ।हालै मात्रामा नयाँ संविधानमा स्थानीय तहको कार्यकारिणी अधिकार गाउँ कार्यपालिका र नगर कार्यपालिकामा निहित हुने र तिनीहरुको व्यवस्थापकीय अधिकार गाउँ सभा र नगर सभामा रहने भन्ने व्यवस्था हुनुले गाउँपालिका र नगरपालिकाले नेपालको इतिहासमा पहिलो पटक स्थानीय सरकारका रूपमा संवैधानिक मान्यता प्राप्त गरेका छन्।

केही दिन लगतै देशमा स्थानिय सरकार गाउँ गाउँमा भित्रिदैछ ।यो युवाहरुका लागि एउटा अवसर पनि हो ।यो अवसरका हामी युवा बर्गहरु कुनै पनि हालतका पछाडि धकेल्लिनु हुदैन ।हामी कस्तो समाज चाहन्छौं,कस्तो नेतृत्व चाहन्छाै या कस्तो हामिले छानेको नेतृत्व सहि छ कि छैन ,समाजप्रति कत्तिको उतरदायित्व राख्ने व्यक्ति छ हामी अाफैले छान्दैछाै ।त्यसैले यस्ता विभिन्न कुराहरुमा हामी सजग रहनुपर्ने देखिन्छ।समाजमा सबल र सक्षम नेतृत्व को चाहना अाम नागरिकले चुन्न पाउने व्यवस्था स्पष्ट रुपमा सविधानमै उल्लेख गरिएको छ ।तसर्थ हामी नेपालको सविधान मा भएको हक,अधिकार लाई भरपुर मात्राका सदुपयोग गर्दैछाै ।

विकसित देशहरूका  युवाहरु विभिन्न क्षेत्रको नेतृत्व समाल्लिरहेको उदाहरण हामी प्रशस्तै मात्रामा सुन्ने,पढ्ने गरेका छाै ।चाहे त्यो राजनीति होस्,विज्ञान,प्रविधि, सामाजिक,आर्थिक लगायत विभिन्न क्षेत्रहरुमा युवाहरुलाई नेतृत्वमा आकर्षक वढाईन्छ । तर हाम्रो देशमा ठिक उल्ठो स्थिति छ । विभिन्न पेशाबाट रिटायड भएपछि राजनीति लाई नै पेशा रुपमा अगाल्ने र विभिन्न भरष्टाचार, आर्थिक अनियमितता गर्दै सांसद, मन्त्री बनेर देशलाई अनिर्णयको वन्दिमा पारेको हामी प्रष्ट देख्न सक्छाै । अनी त्यस्ता नेतृत्वले कसरी देशलाई आर्थिक विकास सँगसँगै समृद्धि को गतिमा वदल्न सक्लान् । त्यसैले यो सव स्थिलाई चुनाैतिका रुपमा लिदै अाउदै  गरेको स्थानीय निकायको निर्वाचनमा युवा बर्गको सकृय भुमिका अावश्यकता छ ।कुनै पनि कुरा को सहि नेतृत्व र सहि भिजन हुनुपर्छ ।नया कुरा को सृजना  युवा उमेरमै हुन्छ ।सहि नेतृत्व ले सहि योजना वनाएर कार्यन्वयन गर्दछ भन्ने हामिसँग बलियो उदाहरण हालै सरकारका स्वास्थ मन्त्री र उर्जामन्त्री बाट लिन सकिन्छ ।दैनिक १७/१८ घण्टा लामो लाेडसेडिङ बाट पिडित हामी जनता एक्कासि लोडसेडिङ मुक्त भएका छाै ।अाम जनताका लागि यो एकदमै सकारात्मक पक्ष पनि हो ।हामी देश समृद्ध बनाउनका लागि कुनै युगनै कुरिरहनु पर्ने बाध्यता  छैन, हाम्रै पालमा समृद्ध बन्दछ । त्यसैले आर्थिक सम्वृद्धिको दिशातिर युबाहरु लाइ अगाडी बढाई अब देशमा राजनितिक मुद्दा भन्दा पनि सबै राजनितिक दलले आर्थिक विकाश र सम्वृद्धिको मुद्दा लाई प्राथमिकता दिनुपर्दछ । युवाहरुलाई बिग्रदो राजनीतिबाट माथि उठाई विकाश निर्माण, उत्पादन र रोजगारीको क्षेत्रमा  अगाडि बढाउनु पर्दछ ।

यो पटक को स्थानिय तहको निर्वाचन मा काठमाडौ महानगरपालिका  बाट २१ बर्ष रन्जु दर्सना ले उम्मेदवारी दिएकि छ्न ।उनको यो महत्त्वपूर्ण निर्णय लाई एकदमै स्वागत योग्य मान्नुपर्छ ।बलियो ईच्छाशक्ति भएकि रन्जु खुलेअाम चुनाैति दिदै मैदानमा उत्रिएकि छन् ।उनले जित्ने ,हार्ने अाफ्नो ठाउँमा छ तर सानै उमेरमा ईच्छाशक्ति हुनु ठूलो कुरा हो ।नारिहरु घरको चुलो चाैका मा मात्र सिमित छैन्न देश नै हाक्न सक्छन् भन्ने उदाहरण पनि हो ।र युवाहरु पनि नेतृत्व सँगसँगै जिम्मेवारी पनि लिन सक्छन् भन्ने हो ।अासन्न स्थानिय चुनावमा हामी अाफुले नेतृत्व लिन नसकेपनि हामी सहि उमेदवार भने छनोट गराै ।पाटि,नाता ,सम्बन्ध भन्दा अलि माथि रहेर निस्पक्क्ष नेतृत्व छनाेट गराै ।यदि हामिले सहि नेतृत्व छनोट नगरेको परिमाण जग्गा वेच्ने दलाल,ठेकेदार ,भ्रष्टाचारि,तस्करि,शैक्षिक माफिया,म्यानपावर सन्चालक जस्ता व्यक्तिले चुनाव जित्छ र हामिले सोचेअनुसारको स्थानिय सरकार हुदैन ।दलालहरुकै मनोमानी मा चल्छ,सोचेअनुसारको विकास हुदैन अनि स्थानिय सरकार पनि अस्थिर हुन्छ । यदि हामिले सहि र वाैदिक सृजनशिल सोच भएको नेतृत्व लाई छनोट गर्ने सकियो भने स्थानीय स्तरमै विभिन्न सम्भावनाहरुका ढोका खुल्छन् सेवासुविधाहरु सन्चालनमा अाँउछन्,स्थानीयस्तरमा जनचाहना अनुरुपका आवश्यकता पूर्ति हुन्छन्‚स्थानीय नेतृत्वको विकास गर्न‚स्थानीय तहमा छरिएर रहेको शक्तिलाई एकीकृत गरी परिचालन गर्न‚ स्थानीय साधन स्रोत‚ सीप‚ प्रविधि‚ क्षमता एमं अनुभवको अधिकतम परिचालन गर्न‚जनतालाई स्थानीय स्तरमा नै सेवा सुविधा उपलब्ध गराउन लगायत विभिन्न कुराहरुमा हामिले सहज स्थिति पाउदछाै ।अहिले हामिले जिताउन लागेको प्रतिनिधिले करिव ५ बर्स सम्म नेतृत्व सम्माहल्ने छ।र उस्ले गरेको राम्रो नराम्रो काम को जस,अपजस सवै हामिले नै व्यहोर्नुपर्ने स्थित हुन्छ ,किनभने हामिले नै जिताएको प्रतिनिधि हो ,हाम्रो १/१ भोटको नेतृत्व गरेर अगाडि बढेको हुन्छ।

अाजभन्दा करिव २० बर्ष पहिले स्थानिय निकायको कार्यकाल सकिय सँगै तत्कालीन समयमै निर्वाचन गरिएन ।विभिन्न उत्तार चढाप,जनयुद्ध ,केही भाैतिक परिवर्तन सँगसँगै भाैगोलिक हिसाब ले पनि परिवर्तन भएको हामी देख्न सक्छौ ।लामो समय पछि विभिन्न समस्याहरु र चुनाैतिहरु लाई सामना गर्दै ,निर्वाचित जन प्रतिनिधिले नयाँ संरचना सहितको पुन नयाँ स्थानिय सरकार सन्चालन गर्नुपर्ने छ  ।नेपाल को सविधानले पनि स्पष्ट रुपमा  अा अाफ्नो भुगोल भित्रका समुदाय,जनसंख्याको विविधता ,सामाजिक विविधता लाई ध्यान दिएर नयाँ खालको संरचना निर्माण गरेर अगाडि बढ्नुपर्ने विषयलाई अात्मसाथ गरेको छ।हामी कहाँ भएको संस्कार,संस्कृति ,अाचार,व्यवहार,श्रोत ,साधनको उपलब्धि तथा परिचालन क्षमता भने सवै प्रदेश ,समुदाय र व्यक्तिमा समान देखिदैन ।त्यसैले सहि र सक्षम नेतृत्व का लागि हामि युवाहरुले एकदमै सतर्कता अपनाउनु पर्ने छ ।एक त हामी अार्थिक रुपमा निकै पछि परेको स्थिति छ ।हामी भर्खरै जमिनमा आधारित अर्थतन्त्रबाट बजारमा आधारित अर्थतन्त्र अर्थात् ‘मार्केट इकोनमी’मा भखरै  प्रवेश गरिरहेका छौं र मुलुकमा प्रशस्त अवसरहरूको निर्माण गर्न सकिरहेका छैनौं, अर्कोतिर नीति निर्माणको तहमा पनि युवालाई प्रोत्साहित गर्न सकिरहेकाे अवस्था छैन ।यस्तो अवस्थामा स्थानिय चुनावले महत्त्वपूर्ण भुमिका खेल्ने छ ।स्थानिय निकाय तहले  महत्त्वपूर्ण खाका तथा स्पष्ट नीति ,नियमहरु  तयार पारेर अार्थिक समृद्ध तिर  अगाडि बढ्न सक्यो र कार्यन्वयन गरेर अगाडि बढ्यो  भने हामी समृद्ध नगरवासि/गाँउबासि हुनेछाै ।युवाहरुलाई भरपूर मात्रामा प्रयोग गरि समृद्ध तथा सुन्दर गाउँ/नगर अवको अावश्यकता हो ।

विभिन्न राजनितीक दलहरुले अाफु अनुकुल विभिन्न घोषना पत्र हरु सार्वजनिक गरिरहेका छन् ।अाफ्नो  पाटिले/व्यक्तिले  चुनाव जितेको खण्डमा घोषणापत्र का ती विभिन्न सम्भाव्यता हरुलाई समृद्ध मा बदल्ने संकल्प गरेका छन् र निकै महत्वकांक्षि कुराहरु मा पनि घोषणा मा उल्लेख गरेका छन् ।तर विडम्बना योजनाहरु मात्र घोषणापत्र मा मात्र सिमित रहेका हामी सँग धेरै उदाहरण छन् ।स्पष्ट नीति नहुदा ती बिभिन्न समस्या हरु अल्झिएका छन्।
त्यसैले यी सवै कुरा हरु लाई ध्यान मा राखि हामी अा अाफ्नो जन प्रतीनीति छनोट गर्न सक्नु पर्छ।

 

स्थानीय सरकार पाउनु जनताको आवश्यकता मात्र होइन अधिकार पनि हो ।  आम जनताको सहभागिताको अवसरलाई फराकिलो बनाएर यर्थाथमा जनताको शासन खडा गर्ने यो एकमात्र माध्यम हो ।  यसलाई विभिन्न दाउपेचमा पन्छाउने राजनीतिक प्रवृत्तिको पर्दाफास गर्नु सचेत नागरिक र प्रेस जगत र अाम युवा मासको  कर्तव्य हुन आएको छ ।  स्थानीय तहको निर्वाचन आम जनताको सरोकार हो ।जनताको सरोकार भनेको जनताको  अधिकार हो त्यसैले त्यो जनताको अधिकार लाई सरकार ले भरपुर  मात्रामा अनुभुती दिलाउनु पर्द छ ।प्रत्येक नागरिक लाइ सुरक्षाको अनुभुती दिलाई कुशल नेतृत्व चयन गर्न पाउनु छ ।

यो लेख पहिलो स्थानीय निर्वाचनको वेलामा तयार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्