Logo

टोटेनहमका दक्षिण कोरियाली फरवार्ड सनले यो सिजनको बाँकी सबै खेल गुमाउने



Spread the love

एजेन्सी । इंग्लिस क्लब टोटेनहम हस्टपरका दक्षिण कोरियाली फरवार्ड ह्युङ मिन सनले यो सिजनको बाँकी सबै खेल गुमाउने भएका छन् । टोटेनहमका म्यानेजर जोसे मौरिन्होले चोटका कारण सनले सिजनको बाँकी सबै खेल गुमाउने भएको बताएका छन् ।

सनले इंग्लिस प्रिमियर लिग दौरान एस्टन भिल्लामाथिको संघर्षपुर्ण जित निकालेको खेलमा दायाँ हातमा चोट बोक्न पुगेका थिए । दुवै गोल सनले नै गरेका थिए ।

सनले चोट बोकेसँगै यो सिजनको १३ खेल गुमाउने भएका छन् । सनको चोटसँगै टोटेनहमलाई फरवार्ड लाइनमा झनै समस्या बढेको छ । यसअघि नै चोट बोकेका ह्यारी केन मैदान बाहिर छन् ।

प्रतिक्रिया दिनुहोस्