Logo

बेन एफ्लेक्सले खुलासा गरे ब्याटम्यानको भूमिका छाड्नुको कारण



Spread the love


एजेन्सी । हलिउडका अभिनेता बेन एफ्लेक्सले ब्याटम्यानको भूमिका छाड्नुको कारण खुलासा गरेका छन् ।


४७ वर्षीय कलाकार एफ्लेक्सले बिग्रिएको वैवाहिक सम्बन्ध र धेरै पिउने कारणले ब्याटम्यानको भूमिकामा नदेखिएको बताएका छन् ।


बेन एफ्लेक्स भन्छन्,“ मैले कसैलाई ब्याटम्यानको स्क्रिप्ट देखाएको थिएँ । उसले मलाइ स्क्रिप्ट सही भएको बताउनुको साथै फेरि पनि ब्याटम्यानको भूमिकामा अभिनय गर्दा मृत्युको मुखमा जानसक्ने बतायो ।”

“मैले लामो समयदेखि सामान्य रुपमा पिउँथेँ । जब मेरो वैवाहिक सम्बन्ध टुक्रियो तब मैले धेरै पिउन थालेँ । आफ्नो मनलाई सम्हाल्न अनेक गरेँ । तर म झन्–झन् बिग्रिदै गएँ । त्यहीं भएर म ब्याटम्यानको भूमिकामा काम गर्न सकिंन ,” बेन एफ्लेक्सले थपे ।

निर्देशक म्याट रीभ्सले बेनलाई ब्याटम्यानको अवसर दिएका थिए तर बेनले केही महिनापछि अभिनय गर्न नसकेपछि उनकाे सट्टामा रोबर्ट प्याटिन्सन आएका थिए ।


बेनले ब्याटम्यानको भूमिकाको रुपमा ब्याटम्यान भर्सेज सुपरम्यान, सुसाइड स्क्वाइड र जस्टिस लिगमा काम गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्