Logo

‘सेन्टिभाइरस’को तेस्रो गीत ‘ए नै लै’ सार्वजनिक,यस्तो भूमिकामा धुर्मुस-सुन्तली



Spread the love

पछिल्लो समय फिल्मी दुनियाँबाट केही बाहिरिएर समाजसेवी तिर लागेका चर्चित हाँस्य कलाकार तथा समाजसेवी हुन्- धुर्मुस-सुन्तलीको जोडिले चलचित्र निर्माण गरेको चलचित्र ‘सेन्टिभाइरस’को पहिलो ,दोश्रो गीत र ट्रेलर दर्शकले आत्यधिक मन पराए पछि निर्माण टिमले उक्त चलचित्रको तेस्रो गीत  ‘ए नै लै’ बोलको गीत ओएसआर डिजिट युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।

हर्क साउदको शब्द तथा संगीत रहेको गीतमा सुशान्त गौतमको स्वर हरेको छ । सार्वजनिक गीतमा राजनीति, सामाजिक संरचना, पारिवारिक द्वन्द्व र राजनीतिले कसरी एउटा व्यक्तिको व्यक्तिगत जीवनमा उतारचढाव ल्याउँछ भन्ने देखाइएको छ ।

चलचित्रको मुख्य भूमिकामा धुर्मुस र सुन्तलीसँगै नायक दयाहाङ राई, तिथि राजाराम पौडेल, विल्सन विक्रम राई, बुद्धि तामाङ, कमलमणी नेपाल, सूर्यमाला खनाल लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ ।

चलचित्र सामाजिक कथामा आधारित रहेको निर्देशक रामबाबु गुरुङले बताएका छन् । चर्चित हाँस्य कलाकार कुमार कट्टेल ‘जिग्री’ र दीपक आचार्यको लेखन रहेको छ भने यस चलचित्रलाई डिन्डु लामा ह्योल्मोले निर्माण गरेको हुन् ।

चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गरेका छन् । चलचित्र आगामी फागुन ९ शिवरात्रीको अवसरमा रिलिज हुँदैछ ।


हेर्नुहोस् भिडियो:

प्रतिक्रिया दिनुहोस्