Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
३३,१७८
संक्रमित
७,०२,३६८
निको भएका
१,४९,२१५
नेपालमा कोरोना भाइरस
संक्रमित
निको भएका

गुण्डागर्दीमा संलग्न पासलाल समातिए



८ फागुन, काठमाडाैँ – गुण्डागर्दीमा संलग्न रहेको अभियोगमा सिन्धुपाल्चोक जुगल गाउँपालिका–३ घर भई काठमाडौँ जोरपाटी बस्ने ३७ वर्षीय पासलाल तामाङलाई प्रहरीले बुधबार पक्राउ गरेको छ । उनीसहितका व्यक्तिले बलेफी हाईड्रोपावरमा काम गर्ने ठेकदारलाई हातहतियार देखाइ ज्यान मार्ने, हातखुट्टा भाँचिदिने धम्की दिएर त्रास फैलाएको र महिलालाई अभद्र व्यवहार गरेको प्रहरीले जनाएको छ ।

खोजीका क्रममा महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले उनलाई काठमाडौँको जडीबुटीबाट पक्राउ गरेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए । यसअघि तामाङ कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग मुद्दामा करिब १८ महिना जेल भुक्तान भई छुटेको र सिन्धुपाल्चोक जिल्लामा ज्यान मार्ने उद्योग संलग्न रही फरार रहेको अनुसन्धानबाट खुल्न आएको उनले बताए ।

तामाङलाई अभद्र व्यबहार सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान र कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँं पठाइएको महाशाखाले जनाएको छ ।
­­­

प्रतिक्रिया दिनुहोस्