Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
३३,१७८
संक्रमित
७,०२,३६८
निको भएका
१,४९,२१५
नेपालमा कोरोना भाइरस
संक्रमित
निको भएका

एमसिसी राष्ट्रलाई खतरा नहुने गरी पारित हुन्छ : मन्त्री बाँस्कोटा



८ फागुन, काठमाडाैँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले मिलेनियम च्यालेज कर्पोरेशन (एमसिसी)को सम्झौता राष्ट्रलाई खतरा नहुने गरी संसद्बाट पारित गरिने बताएका छन् । सुदूरपश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको बुधबार उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले एमसिसीबारे व्यापक छलफल भइरहेकाले सार्वभौमसत्तालाई धरापमा राखेर सम्झौता गर्न नसकिने बताए ।

देशको हितमा हुने सम्झौता गर्न सरकार तयार रहेको उनको भनाइ थियो । “एमसिसीबारे समय लिएर नै अध्ययनन गर्नुपर्छ”, सरकारका प्रवक्ता बाँस्कोटाले भने, “एमसिसी नेपालको हितमा भएमात्रै लागू गर्छौँ ।” उनले दार्चुलास्थित नेपाली भूमि फिर्ताका लागि सरकारले राजनीतिक र कूटनीतिक ढङ्गबाट सरकार अघि बढेको बताए ।

निजी क्षेत्रले पारदर्शीरुपमा राज्यलाई कर तिर्नुपर्ने उल्लेख गर्दै उनले स्वदेशमै लगानी बढाएर रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिए । सरकारी र निजी क्षेत्रको सहकार्यमा स्थानीय साधन स्रोतको अधिकतम उपयोग गरी उत्पादकत्व बढाई युवालाई स्वदेशमै रोजगारी प्रदान गर्ने नीति लिइएको मन्त्री बाँस्कोटाको भनाइ थियो ।

शिक्षा र भूमिसम्बन्धी सरकारले नयाँ नीति ल्याइरहेको चर्चा गर्दै उनले वर्षौँदेखि भोगचलनमा रहेको जग्गाको मालिक जनतालाई बनाउन सरकार प्रतिबद्ध रहेको बताए । सुदूरपश्चिम क्षेत्रका पर्यटकीय क्षेत्रको प्रचारप्रसारसँगै भौतिक पूर्वाधार निर्माणमा जोड दिइ पर्यटन प्रवद्र्धन गरिनुपर्ने उनले बताए । सरकारले महाकाली, कर्णाली करिडोरको काम अघि बढाउने बताउँदै मन्त्री बाँस्कोटाले पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाले समेत गति लिने बताए ।

प्रतिक्रिया दिनुहोस्