Logo

वेस्ट ह्याममाथि सिटीको जित



Spread the love


एजेन्सी । गए राति सम्पन्न भएको प्रिमियर लिग फुटबल अन्तर्गतको खेलमा म्यान्चेस्टर सिटीले जित निकालेको छ । सिटीले वेस्ट ह्यामलाई २–० ले पराजित गरी जित निकालेको हो ।

खेलको ३० औं मिनेटमा सिटीका रोद्रीले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । केभिन डी ब्रुनीले खेलको ६२ औं मिनेटमा गोल गरी सिटीलाई २–० ले जिताए ।

खेलमा जित निकालेसँगै सिटीले लेस्टर सिटीसँग ५ अंकले दुरी बढाएको छ । साबिक विजेता सिटी लिभरपुलभन्दा २२ अंकले पछाडि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्