Logo

एट्लान्टाको फराकिलो जित



Spread the love


एजेन्सी । गए राति सम्पन्न भएको च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को पहिलो लेगमा स्पेनिश क्लब भ्यालेन्सिया इटालीको क्लब एट्लान्टासँग पराजित भएको छ । एट्लान्टाले भ्यालेन्सियालाई ४–१ को फराकिलो अन्तरले पराजित गरेको हो ।


एट्लान्टाको जितको लागि हान्स हेटबोइरले दुई गोल गरे । यसै गरी एट्लान्टको जितको लागि जोसिप लिसिस र रेमो फ्रयुलेरले एक–एक गोल गरे । भ्यालेन्सियाका डेनिस चेरीशेभले एट्लान्टालाई एक गोल फर्काए ।

पहिलो पटक नकआउट चरणमा पुगेको एट्लान्टाले अब दोस्रो लेगको खेल भ्यालेन्सियाको घरेलु मैदानमा खेल्नेछ । क्वार्टरफाइनलमा पुग्न भ्यालेन्सियाले एट्लान्टालाई फराकिलो अन्तरले जित्नु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्