Logo

मन्त्री बास्कोटालाई तुरून्तै वर्खास्त गरेर निश्पक्ष छानबिन गर्न साझा पार्टीको माग



Spread the love

८ फागुन, काठमाडौं । साझा पार्टीले सरकारका प्रवक्ता तथा सूचना प्रविधि तथा संचार मन्त्री गोकुल बास्कोटाको राजीनामा माग गरेको छ । साझाका प्रवक्ता सुर्यराज आचार्यले जारी गरेको प्रेस विज्ञप्तिमा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको शिलशिलामा बिचौलियासँग दशौँ करोडको कमिशनका लागि मोलतोल गरेको अडियो सार्वजनिक भएपछि त्यसको निश्पक्ष छानबिनका लागि तुरुन्त राजीनामा दिन भनिएको छ ।

‘आफू पनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने बारम्बार बताउँदै आएका प्रधानमन्त्री केपी शर्मा ओलीकै भक्तपुरस्थित नीजि निवासमा बस्दै आएका मन्त्री बाँस्कोटालाई तुरुन्तै बर्खास्त गरेर निश्पक्ष छानविन गर्न प्रधानमन्त्रसँग जोडदार माग गर्दछ’, प्रवक्ता आचार्यले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्