Logo

छायांकनको क्रममा ३ सह निर्देशकको मृत्यु



Spread the love


एजेन्सी । कमल हसनको निर्देशनमा बन्दै गरेको चलचित्र इन्डियन–२ को छायांकनको क्रममा ३ जना सह निर्देशकको मृत्यु भएको भारतीय मिडियाहरूले जनाएका छन् ।


भारतीय मिडियाका अनुसार तीन जना सह निर्देशक बसेको क्रेन टुक्रिएर भुइँमा झर्दा तीनै जनाको मृत्यु भएको हो । चलचित्र इन्डियन–२ को छायांकन चेन्नइको इभीपी फिल्म सिटीमा भइरहेको थियो ।
उनीहरुले क्रेनको माथिल्लो भागमा रहेको बक्समा बसेर छायांकनको लागि लाइटको व्यवस्था गरिरहेका थिए । घटना बुधबार बेलुकाको साढे नौ बजेतिर घटेको थियो । उक्त घटनामा १० जना घाइते भएका छन् ।

इभीपी फिल्म सिटीमा १० वर्षमा दश जनाको मृत्यु भइसकेको छ ।

सन् १९९६ मा रिलिज भएको चलचित्र इन्डियनले पाँच वटा अवार्ड जितेको थियो । जसमध्ये कमल हसनले उत्कृष्ट कलाकारको रुपमा दुई अवार्ड जितेका थिए ।

प्रतिक्रिया दिनुहोस्