Logo

भारतमा बस दुर्घटना हुँदा ६ जना नेपालीले ज्यान गुमाए



Spread the love

८ फागुन, काठमाडौं । तीर्थयात्राका लागि भारत गएका ६ जना नेपालीको दुर्घटनामा मृत्यु भएको छ । सलेम बेंगलरु नेशनल हाइवेमा बिहीबार नेपाली तीर्थयात्री चढेको मिनीबस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएको छ ।

घटनामा १८ जना घाइते भएका र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार बेंगलरुतर्फ जाँदै गरेको उक्त बसले युटर्न लिन लाग्दा राजमार्गमा अर्को बससँग ठोक्किएको हो ।

प्रहरीले २ जना महिलासहित ६ जनाको मृत्यु भएको जनाएको छ । जसमा ५६ वर्षका गोपाल तामाङ, ६० वर्षका विष्णु दाहाल, ४६ वर्षका वीरबहहादुर राई, ५० वर्षका टीकाराम र ५० वर्षकी बेलुकारी चौधरीको नाम खुलेको छ । प्रहरीले दुबै बसका चालकलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्