Logo

काेराेना भाइरसकाे कारण ज्यान जानेकाे सङ्ख्या २,११८ पुग्याे, द. काेरियामा एककाे मृत्यु



Spread the love

एजेन्सी । कोभिड–१९ अर्थात् कोरोना भाइरसको कारण चीनमा ज्यान जानेहरुको सङ्ख्या २,११८ पुगेको पिपल्स डेली चाइनाले बताएको छ ।

कोरोना भाइरसबाट संक्रमित हुनेहरुको सङ्ख्या ७४,५७६ पुगेको छ । हिजोको रिपोर्ट अनुसार ७४,१८५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो । अस्पतालबाट डिस्चार्ज भएर घर जानेहरुको सङ्ख्या भने १६,१५५ पुगेको छ ।

यसै गरी दक्षिण काेरियामा काेराेना भाइरसकाे कारणले एक जनाकाे मृत्यु भएकाे छ भने १०४ जना संक्रमित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्