Logo

फिफा वरीयतामा नेपालको स्थान यथावतै



Spread the love

८ फागुन, काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपालको स्थान यथावतै रहेको छ । फिफाले बिहिबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल यथावत् रहेको हो । नयाँ वरियतामा नेपाल १७०औं स्थानमा छ । अघिल्लो महिना पनि नेपाल १७०औं स्थानमा थियो ।

दक्षिण एसियामा भारत र माल्दिभ्स नेपालभन्दा अघि छन् भने बंगलादेश, भुटान पाकिस्तान र श्रीलंका नेपाल भन्दा पछि छन् ।

विश्व वरीयतामा भने युरोपियन राष्ट्र बेल्जियम शीर्ष यथावत छ । २०२० मा थोरै मात्र मैत्रीपूर्ण खेलहरु भएकोले वरीयतामा खासै फेरबदल भएको छैन ।

प्रतिक्रिया दिनुहोस्