Logo

फिफा वरियतामा नेपाल यथावतमै



Spread the love


एजेन्सी । फिफा वरियतामा नेपालको स्थान यथावत नै रहेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीवार सार्वजनिक गरेको वरियतामा नेपाल १ सय ७० औँ स्थानमा यथावत रहेको छ ।

यसभन्दा अगि फिफाले सार्वजनिक गरेको वरियतामा नेपाल १ सय ७० औँ स्थानमा नै थियो ।

यसै गरी भारत १०८, माल्दिभ्स १ सय ५४, कुवेत १४७ र जोर्डन ९७ औँ स्थानमा रहेका छन् ।
शीर्ष स्थानमा भने क्रमश, बेल्जियम, फ्रान्स, ब्राजिल र इङ्ल्यान्ड यथावत अवस्थामा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्