Logo

हलमा आमा र सेन्टी भाइरस



Spread the love


काठमाडौं । लामो समयदेखि प्रतिक्षारत दुई नेपाली कथानक चलचित्र आमा र सेन्टी भाइरस शुक्रबारदेखि नेपाली सिनेमा हलमा प्रदर्शन भएका छन् ।


महाशिवरात्रीको अवसर पारेर आमा र सेन्टी भाइरस एकैसाथ हलमा प्रदर्शन भएका हुन् । लामो समयदेखि हलमा राम्रो चलचित्र प्रदर्शन नहुँदा यसपाली दर्शकहरुले छुट्टै प्रतिकृया दिने अनुमान गर्न सकिन्छ ।


आमालाई देशको ठुलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले २४ सो दिएको छ भने सेन्टी भाइरसलाई ५० सो दिइएको छ ।


आमा पशुपतिप्रसाद चलचित्रबाट चर्चा बटुलेका दिपेन्द्र के खनालको निर्देशनमा बनेको चलचित्र हो । चलचित्रमा मिथिला शर्मा र सुरक्षा पन्त मूख्य भूमिकामा देखिएका छन् । सुरक्षा पन्त मिथिला शर्माको छोरीको रुपमा देखिएकी छिन् । आमा र छोरीको भावनात्मक सम्बन्धलाई प्रस्तुत चलचित्रमा देखाइएको छ । मिथिला र सुरक्षाको साथमा सरित गिरी, देशभक्त खनाल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।


कबड्डीबाट चर्चा बटुलेका रामबाबु गुरुङको निर्देशनमा बनेको चलचित्र सेन्टी भाइरसमा सिताराम कट्टेल, कुन्जना घिमिरे र दयाहाङ राई मूख्य भुमिकामा देखिएका छन् । श्रीमान र श्रीमती फरक पार्टीमा हुँदा आउन सक्ने समस्यालाई चलचित्रमा प्रस्तुत गरिएको छ । सिताराम, कुन्जना र दयाहाङ राईलाई विल्सन विक्रम राई, बुद्धि तामाङ, कमलमणि नेपाल, राजाराम पौडेल लगायतका कलाकारहरुको साथ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्