Logo

संसदबाट बाधा अड्काउ फुकाउ आदेश अनुमोदन



Spread the love

sansad

मंगलवार व्यवस्थापिका संसदले राष्ट्रपतिबाट जारी भएको बाधा अड्काउ फुकाउ आदेश बहुमतले अनुमोदन गरेको छ ।

नयाँ सरकार गठनका लागि प्रष्ट व्यवस्था नभएको भन्दै  ओली नेतृत्वको सरकारले राष्ट्रपतिलाई  बाधा अड्काउ फुकाउ आदेश पठाएको थियो। राष्ट्रपति विद्या भण्डारीले सोमबार बाधा अड्काउ फुकाउ आदेश जारी गरेकी थिइन् ।

कांग्रेस नेताहरुले बाधा अड्काउ फुकाउ आदेश आवश्यक नभए पनि  राजनीतिक निकासका लागि भन्दै आलोचनात्मक समर्थन गरेका छन्।

व्यवस्थापिका संसदले बाधा अड्काउ फुकाउ आदेश बहुमतले अनुमोदन गरेको छ । अब संसदको बैठक साउन १७ गते दिउँसो तीन बजे बस्ने छ।

प्रतिक्रिया दिनुहोस्