Logo

बेलपत्र स्वास्थ्यका लागि निकै उपयोगी !



Spread the love

शिवरात्रीको अवसरमा शिवालयमा पूजा गर्ने क्रममा शिवलिंगमा बेलपत्र चढाइन्छ । बेलपत्र एक किसिमको वनस्पती हो । बेलपत्रमा प्रोटीन, बीटा क्यारोटीन, थाइमिन, क्याल्सियम, आइरन, भिटामिन ए, भिटामिन बी र भिटामिन सीसँगै भरपुर मात्रामा जैविक तत्वहरु र एन्टीअक्सिडेन्ट्स पाइन्छ ।
बेलपत्रको गुण
फुस्रो र रुखो छालामा चमक ल्याउन होस वा कपाललाई स्वस्थ र सुन्दर राख्न बेलपत्रले महत्वपूर्ण भूमिका खेल्छ । बेलको रसलाई मनतातो पानीमा मिलाउनुपर्छ । यसमा महको केही थोपा हाल्नुपर्छ । यसको घोल नियमितरुपमा सेवन गर्दा रगत सफा हुन्छ ।
कपालको लागि फाइदाजनक बेलपत्र
पाकेको बेलको बोक्रालाई सफा गरेर त्यसमा तिलको तेल तथा कपुर मिलाउनुस र त्यसर्लाइ दैनिक कपालमा लगाउनुस । यसबाट कपालमा जुम्रा पर्दैन । कपाल झर्ने समस्या रोक्नका लागि बेलपत्रको सेवन सबैभन्दा उचित उपाय हो । दैनिक एक बेल पत्तालाई धोएर खानुपर्छ । एक हप्तामो फरकपन पाउन सकिन्छ ।
ओखती
पाकेको बेललाई मह र सख्खरसँग खाँदा शरीरको रगत सफा हुन्छ र रगत बढ्छ पनि । भिटामिन सीको कमिले स्कर्वी रोग लाग्छ । बेल भिटामिन सीबाट भरपुर हुन्छ । त्यसैले यसको सेवन गरेर तपाईं स्कर्वी रोगबाट बच्न सक्नुहुन्छ । मुटुका रोगीहरुका लागि बेलपत्रको प्रयोग अत्यन्त असरदार हुन्छ । बेलपत्रको काढा दैनिक पिउनाले मुटु सँधै बलियो हुन्छ र हृदयघातको सम्भावना पनि कम हुन्छ ।

प्रतिक्रिया दिनुहोस्