Logo

कोभिड–१९ बाट मृत्यु हुनेहरुको सङ्ख्या २२०० नाघ्यो



Spread the love

एजेन्सी । कोभिड–१९ अर्थात् कोरोना भाइरसको कारण चीनमा ज्यान जानेहरुको सङ्ख्या २,२३६ पुगेको पिपल्स डेली चाइनाले बताएको छ ।

कोरोना भाइरसबाट संक्रमित हुनेहरुको सङ्ख्या ७५,४६५ पुगेको छ । अस्पतालबाट डिस्चार्ज भएर घर जानेहरुको सङ्ख्या भने १८,२६४ पुगेको छ ।

दक्षिण कोरियामा ५२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । हिजोको रिपोर्ट अनुसार दक्षिण कोरियामा १०४ जनामा कोरोना देखिएको थियो । भाइरसको कारण दक्षिण कोरियामा एक जनाको ज्यान गइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्