Logo

सलमान खान सिख अवतारमा देखिंदै



Spread the love


एजेन्सी । बलिउडका सुपरस्टार सलमान खान प्रहरीको भूमिकामा देखिंदैछन् । सोही चलचित्रमा आयुश शर्मा खलनायकको भूमिका निर्वाह गर्नेछन् ।

प्रभुदेवाको निर्देशनमा बनेको चलचित्र राधे इदमा रिलिज हुँदै छ । तर सलमान खानले अभिनय गर्न थालेको नयाँ चलचित्रको नाम भने अझै तोकिएको छैन । चलचित्रलाई अभिराज मिनवालाले निर्देशन गर्नेछन् । आयुश शर्माको डेब्यू चलचित्र लभयात्री अभिराजले नै निर्देशन गरेका हुन् ।

सलमान खानले सिख प्रहरीको रुपमा सन् २००८ मा रिलिज भएको चलचित्र हिरोजमा देखिएका थिए । अब फेरि पनि उनी दाह्री र पगडीको साथमा प्रहरी बन्ने छन् ।


अभिराज अहिले लेखकहरुसँग मिलेर स्क्रिप्टको अन्तिम तयारी गरिरहेका छन् । चलचित्र यो वर्षको अन्त्यमा अथवा अर्को वर्षको सुरुवातमा प्रदर्शन हुन सक्ने भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
राधेको एक्सन दृश्यहरुको छायांकन भइसकेको छ । सलमान खानको किक–२ र टाइगर–३ पनि अर्को वर्ष प्रदर्शनमा आउनेछन् ।

प्रतिक्रिया दिनुहोस्