Logo

ट्रम्पद्वारा चलचित्र प्यारासाइटकाे निन्दा



Spread the love


एजेन्सी । अमेरिकाका ४५ औँ राष्ट्रपति डोनाल्ड ट्रम्पले प्यारासाइटले ओस्कार जितेको भन्दै निन्दा गरेका छन् ।


अमेरिकाको कोलोराडोको चुनावी भेलामा बोल्दै ट्रम्पले भने,“यो वर्ष एकेडेमी अवार्ड किन यसरी खराब भयो ? दक्षिण कोरियाको चलचित्रले ओस्कार कसरी जित्याे ? यो सब किन भयो ?”

“हामीसँग दक्षिण कोरियालाई लिएर अनेकौँ समस्याहरु छन् । कोरियाकै चलचित्रलाई उत्कृष्ट चलचित्रको दिने ? के यो चलचित्र राम्रो छ ? मलाइ यस बारेमा थाहा छैन,” उनले थपे ।


अमेरिकामा प्यारासाइट वितरण गरेको निओनले ट्विटरमा उनको भाषणलाई कोट गर्दै “स्पष्ट छ, उनले पढ्न जान्दैनन् ” भनेको छ ।


प्यारासाइटले उत्कृष्ट चलचित्रको अवार्ड पाइ इतिहास रचेको थियो । आजका दिनसम्म आउँदा कुनै पनि विदेशी भाषाको चलचित्रले उत्कृष्ट चलचित्रको अवार्ड पाएको थिएन ।
प्यारासाइटले उत्कृष्ट चलचित्रको मात्र अवार्ड नपाइ उत्कृष्ट निर्देशक, उत्कृष्ट विदेशी भाषाको चलचित्र र उत्कृष्ट पटकथामा पनि ओस्कार जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्