Logo

कम्युनिष्ट नेताहरुको व्यवहारमा आदर्श देखिंदैन– प्रचण्ड



Spread the love


भक्तपुर–
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल कम्युनिष्ट नेताहरुले व्यवहारमा आदर्श नदेखिएको बताएका छन् ।

शुक्रबार भक्तपुरमा भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले कम्युनिष्ट नेताले आफूले आफैलाई सकाएको जनाए । प्रचण्डले भने,“कम्युनिष्टहरुमा आफ्ना आदर्श र वैचारिक निष्ठा हराएपछि आफै सकिने रहेछन् । बन्दुक, पुँजिपति, सेना केही पनिको आवश्यक पर्दो रहेनछ ।”

कम्युनिष्टहरु सत्ता प्राप्तिको बेलामा आदर्शका कुराहरु गर्ने, घोर तपस्या गर्न सक्ने अनि जब सत्तामा आउँछन् तब आदर्शबाट बिमुख हुने गरेको बताएका छन् । कम्युनिष्टको आदर्शलाई फेरि जगाउनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्