Logo

‘प्रेम गीत ३’को टाइटल गीत सार्वजनिक, प्रदिप र क्रिष्टिनाको रोमान्स (भिडियोमा)



Spread the love

युवा पुस्ताले निकै नै रुचाएका नायक तथा नायिका प्रदिप खड्का र क्रिष्टिना गुरुङ्गको जोडीलाई पछिल्लो समय निकै चर्चा परिचर्चा शिखरमा पुगेका छन् । उनहरुले अभिनय गरेको चलचित्र ‘प्रेम गीत ३’ को पहिलो गीत ‘हात्ती ढुंगामा’ लाई दर्शकले निकै रुचाएका छन् । उक्त गीत र पोस्टरलाइ रुचाएका कारण निर्मण टिमले चलचित्रको टाइटल गीत ‘हर युग होस् प्रेमको गीतको’ ओएसअर युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।

राजेन्द्र कुमार श्रेष्ठको शब्द रहेको गीतमा अलिश कार्कीले संगीत भरेका छन् भने युवा गायक प्रताप दास र गायिका प्रविष अधिकारीको स्वर रहेको छ ।

भिडियोमा नायक प्रदिप र क्रिष्टिनाको फिचर रहेका छन् । उक्त गीतमा प्रेम र गीतको माया प्रेममा निर्माण गरिएको छ ।

चन्द्र बहादुर चन्द र डम्बर विक्रम सेन कार्यकारी निर्माताको रुपमा रहेको फिल्मको कथा छेतेन गुरुङ र मन्दिप गौतमले लेखेका हुन् भने बनिश शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहेको फिल्ममा हिमाल केसीको एक्सन कोरियोग्राफी छ । छेतेन गुरुङ्ग र सन्तोष शेनले निर्देशन गरको चलचित्रलाई सन्तोष सेनले निर्माण गरेका छन्।

तीन करोडभन्दा बढीको लागतमा निर्माण भएको चलचित्रले डेढ सय वर्ष अगाडिको प्रेमकथामा बन्दै छ। उक्त चलचित्र चैत्र २८ गतेबाट प्रदर्शनमा आउँदैछ ।


हेर्नुहोस् भिडियो:

https://youtu.be/82u-4xcsyJU

प्रतिक्रिया दिनुहोस्