Logo

चलचित्र परदेशी–२ को छायांकन सुरु



Spread the love


काठमाडौं । नेपाली कथानक चलचित्र परदेशी–२ को छायांकन सुरु भएको छ । शुक्रबार शुभ मुहूर्तसँगै छायांकनको सुरुवात भएको हो ।

परदेशी–२ मा गायक प्रकाश सपुत र वर्षा शिवाकोटीको मुख्य भूमिका रहेको छ । प्रस्तुत चलचित्र प्रकाश सपुतको डेब्यू चलचित्र हुनेछ । वि सं २०७२ सालमा प्रदर्शन भएको परदेशीमा प्रशान्त तामाङ र रजनी केसीको अभिनय रहेको थियो ।

राेजगारीकाे क्रममा विदेश गएका नेपाली युवाहरूकाे कथा चलचित्रमा समेटिएकाे छ । चलचित्रकाे निर्देशक नारायण रायमाझी हुन् भने निर्माता राजेश वंशल हुन् ।

प्रतिक्रिया दिनुहोस्