Logo

नापोलीको जित



Spread the love


एजेन्सी । गए राति सम्पन्न भएको सिरी ए फुटबल अन्तर्गतको खेलमा नापोलीले ब्रेसियालाई पराजित गरेको छ । नापोलीले ब्रेसियालाई २–१ ले हराएको हो ।


खेलको २६ औँ मिनेटमा ब्रेसियाका जोन चान्सरले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । नापोलीका लोरेन्जो इन्सिग्नेले ४९ औँ मिनेटमा पेनाल्टीमार्फत् गोल गरी खेल बराबरीमा ल्याए । लोरेन्जोले गोल गरेको ५ मिनेटपछि फाबियो रुइजले गोल गरी नापोलीलाई २–१ ले जिताए ।


खेलमा जित हासिल गरेको नापोलीले ३६ अंक बनाइ तालिकाको छैटौँ स्थानमा बस्न सफल भएको छ भने हार व्यहोरेको ब्रेसिया तालिकाको १९ औँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्