Logo

रोबर्ट लेवान्डोस्कीको दुई गोलमा वार्यनको जित



Spread the love


एजेन्सी । जर्मन क्लब वार्यन म्युनिखले पाडेरबर्नमाथि जित निकालेको छ ।
गए राति सम्पन्न भएको बुन्डेसलिग फुटबल अन्तर्गतको खेलमा म्युनिखले पाडेरबर्नमाथि ३–२ को जित निकालेको हो । वार्यनको जितमा रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे ।


म्युनिखका सर्ज गेनाबरीले खेलको २५ औँ मिनेटमा गोल गरी घरेलु टिमलाई अग्रता दिलाएका थिए । पाडेरबर्नका डेनिस स्रेबेनीले खेलको ४४ औं मिनेटमा गोल गरी खेललाई बराबरीमा ल्याए ।
७० औँ मिनेटमा लेवान्डोस्कीले गोल गरी म्युनिखलाई २–१ ले अगाडि बढाए । पेडेरबर्नका स्भेन मिकेलले ७५ औँ मिनेटमा गोल गरी खेललाई बराबरीमा ल्याए । बराबरी भएको १३ मिनेटपछि लेवान्डोस्कीले पुनः गोल गरी वार्यन म्युनिखलाई ३–२ ले जिताए ।

खेलमा जित निकालेसँगै शीर्ष स्थानमा रहेको वार्यनले ४९ अंक बनाएको छ भने पाडेरबर्न जम्मा १६ अंकसहित तालिकाको अन्तिममा अवस्थित छ ।

प्रतिक्रिया दिनुहोस्