Logo

सेन्टी भाइरसले कमायो एक दिनमा १.१२ करोड



Spread the love

काठमाडौं । लामो समयदेखि प्रतिक्षारत रहेको नेपाली कथानक चलचित्र सेन्टी भाइरसले पहिलो दिन निकै राम्रो व्यापार गर्न सफल भएको छ । चलचित्र सेन्टी भाइरसले पहिलो दिनमा नै बक्स अफिसमा १.१२ करोड बनाउन सफल भएको छ । देशभरका हलमा मानिसहरुको उपस्थित उल्लेखनीय थियो ।

श्रीमान र श्रीमती फरक पार्टीमा हुँदा आउन सक्ने समस्यालाई चलचित्रमा प्रस्तुत गरिएको छ । कबड्डीबाट चर्चा बटुलेका रामबाबु गुरुङको निर्देशनमा बनेको चलचित्र सेन्टी भाइरसमा सिताराम कट्टेल, कुन्जना घिमिरे र दयाहाङ राई मूख्य भुमिकामा देखिएका छन् ।

सिताराम, कुन्जना र दयाहाङ राईलाई विल्सन विक्रम राई, बुद्धि तामाङ, कमलमणि नेपाल, राजाराम पौडेल लगायतका कलाकारहरुको साथ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्