Logo

भूत र शुभ मंगल ज्यादा सावधानले पहिलो दिनमा कति कमाए



Spread the love


एजेन्सी ।
शुक्रबार भारतीय सिनेमा हलमा भूत र शुभ मंगल ज्यादा सावधान प्रदर्शनमा आएका थिए ।

विक्की कौशलको अभिनय भएको चलचित्र भूतः द हन्टेड सिपले बक्स अफिसमा राम्रो प्रभाव देखाउन सकेको छैन । पहिलो दिनमा भूतले ५.२५ करोड भारु मात्र बनाएको छ । भूतलाई समीक्षकहरुले २.५ स्टार दिएका छन् । भूत चलचित्र भानु प्रताप सिंहद्धारा निर्देशन गरिएको चलचित्र हो । भूतमा विक्कीको साथमा भूमि पेडनेकर, आशुतोष राणा, सिद्धार्थ कपुर लगायतका कलाकारहरुको अभिनय रहेको छ ।


भूतले बक्स अफिसमा राम्रो नगरे पनि शुभ मंगल ज्यादा साभधानले भने भूतको तुलनामा राम्रो गर्न सफल भएको छ । शुभ मंगल ज्यादा सावधान शुभ मंगल सावधानको सिक्वेल हो । चलचित्रले लगभग ९.५ करोड भारु बनाउन सफल भएको छ । आगामी दिनमा पनि प्रस्तुत चलचित्रले राम्रो कमाइ गर्ने अनुमान गर्न सकिन्छ । शुभ मंगल ज्यादा सावधानलाई चलचित्र समीक्षकहरुले ३ स्टार दिएका छन् । प्रस्तुत चलचित्रमा आयुष्मान खुराना समलिंगीको भूमिकामा देखिएका छन् । खुरानाको साथमा जितेन्द्र कुमार, सुनिता राजवर, गजराज राओ, मनु ऋषि लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्