Logo

काेभिड–१९ बाट मृत्यु हुनेहरूकाे सङ्ख्या २,३४५ पुग्याे, द. काेरियामा संक्रमितकाे सङ्ख्या बढ्दाे



Spread the love

एजेन्सी । कोभिड–१९ अर्थात् कोरोना भाइरसको कारण चीनमा ज्यान जानेहरुको सङ्ख्या २,३४५ पुगेको पिपल्स डेली चाइनाले बताएको छ ।

कोरोना भाइरसबाट संक्रमित हुनेहरुको सङ्ख्या ७६,२८८ पुगेको छ । अस्पतालबाट डिस्चार्ज भएर घर जानेहरुको सङ्ख्या भने २०,६५९ पुगेको छ ।

दक्षिण कोरियामा ४३३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने एक जनाकाे मृत्यु भइसकेकाे छ ।

यसै गरी इरानमा काेराेनाकाे कारण मृत्यु हुनेहरूकाे सङ्ख्या ८ पुगेकाे छ भने २८ जना संक्रमित भएका छन् ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार चीनबाहिर २६ देशमा १,२०० जनाभन्दा बढीमा सङ्क्रमण भएको र आठ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्