Logo

ट्र्याक्टरको ठक्करबाट मृत्यु



Spread the love

११ फागुन, नेपालगञ्ज – नेपालगञ्जमा ट्र्याक्टरको ठक्करबाट शनिबार अपराह्न एक वृद्धको मृत्यु भएको छ । लु३त ५४३२ नंको ट्र्याक्टरले नेपालगञ्ज उपमहानगरपालिका–११ मा सडकमा हिँड्दै गरेका पैदलयात्री ९० वर्षीय साजिर जसगढलाई ठक्कर दिँदा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पविन्द्रकुमार बमले जानकारी दिए ।

उनका अनुसार ट्र्याक्टरको ठक्करबाट घाइते जसगढलाई उपचारका लागि भेरी अस्पताल लैजाने क्रममा मृत्यु भएको हो । ठक्कर दिने चालक र ट्र्याक्टरलाई बाँके प्रहरीले नियन्त्रणमा लिएको छ । नेपालगञ्जमा ट्राफिक व्यवस्था अव्यवस्थित हुँदै जाँदा सडक दुर्घटना बढ्दै गएका छन् ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले ट्राफिक प्रहरी, जिल्ला प्रहरी कार्यालयसँग समन्वय गरेर नगरभित्र यातायात व्यवस्था सुदृढ गर्न लागिएको बताए ।

प्रतिक्रिया दिनुहोस्