Logo

जेससको निर्णायक गोलमा लेस्टरमाथि सिटीको झिनो जित



Spread the love

एजेन्सी । ब्राजिली ग्याब्रिएल जेससको एकमात्र गोलमा म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा झिनो जित हात पारेको छ । सिटीले घरेलु टोली लेस्टरमाथि १–० को जित निकालेको हो ।

किङ पावर स्टेडियममा शनिबार राति भएको खेलमा घरेलु टोलीलाई दवावमा राखेपनि गोलको लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो । ८०औं मिनेटमा सब्सिच्युट जेससले महारेजको पासमा गोल गर्दै सिटीलाई अग्रता दिलाए । त्यसपछि थप गोल निस्कन नसक्दा जेससको गोल नै सिटीको जितमा निर्णायक बन्यो ।

२७ खेलबाट ५७ अंक जोडेको सिटी एक खेल कम खेलेको लिभरपुलसँग १९ अंकले पछि छ । तेस्रो स्थानको लेस्टरलाई ७ अंकले पछि पारेको छ । लेस्टरको ५० अंक छ ।

प्रतिक्रिया दिनुहोस्