Logo

जर्मन बुन्डेस लिगा: हालान्डको निरन्तर गोल, साल्केमाथि लाइप्जिगको सानदार जित



Spread the love

एजेन्सी।बोरुसिया डर्टमन्डका अर्लिङ ब्राउट हालान्डले उच्च प्रदर्शनलाई निरन्तरता दिदा बोरुसिया डर्टमन्डले जर्मन बुन्डेस लिगामा जित निकालेको छ । डर्टमन्डले वेर्डर ब्रेमेनलाई उसकै मैदानमा २–० ले हराएको हो ।

डर्टमन्डको जितमा हालान्डसँगै डान एक्सेल जागाडोउले गोल गरे । ५२औं मिनेटमा जाडोन सान्चोको पासमा डान एक्सेल जागाडोउले गोल गर्दै डर्टमन्डलाई अग्रता दिलाए । ६६औं मिनेटमा अचराफ हाकिमीको पासमा हालान्डले गोल गर्दै डर्टमन्डको जितलाई पक्का गरे ।

साल्जवर्गबाट डर्टमन्ड आएका हालान्डले आफ्नो उच्च प्रदर्शनलाई निरन्तरता दिदै जर्मनीमा आफ्नो छाप छोड्न सफल भएका छन् । १९ वर्षे हालान्डले समग्रमा डर्टमन्डबाट ८ खेल खेल्दै १२ गोल गरिसकेका छन् ।

जितसँगै डर्टमन्डको २३ खेलबाट ४५ अंक छ । समान खेलबाटै बायर्नको ४९ तथा लाइप्जिगको ४८ अंक छ । वेर्डर ब्रेमेन १७ अंक जोडेर १७औं स्थानमा छ ।

अर्काे खेलमा आरबी लाइप्जिगले साल्केमाथि ५–० को सानदार जित निकाल्दै शीर्षस्थानको बायर्नसँगको अंक दुरी १ मा झारेको छ । २३ खेलबाट लाइप्जिगको ४८ अंक छ । पराजित साल्के ३६ अंक जोडेर छैटौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्