Logo

कोरियामा रहेका नेपालीहरूलाई दूतावासको आग्रह : सुरक्षित रहनु



Spread the love

११ फागुन, काठमाडौं । चीन वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमण दक्षिण कोरियासम्म पुगेपछि त्यहाँस्थित नेपाली राजदूतावासले नेपालीहरूलाई सुरक्षित रहन आग्रह गरेको छ। दक्षिण कोरियामा कोरोना संक्रमणदर केही दिनदेखि बढिरहेका बेला त्यहाँस्थित नेपाली दूतावासले विज्ञप्ति जारी गरेर सतर्क रहन नेपालीहरूलाई अपिल गरेको हो ।

विज्ञप्तिमा कोरोना संक्रमण तीव्र गतिमा बढेकाले यसबाट सुरक्षित रहन सबै नेपालीलाई आग्रह गरिएको छ । साथै, अवैधानिक रूपमै त्यहाँ बसोबास गर्दै आएकाहरूलाई पनि चेकजाँच गराउन आग्रह गरेको छ, भने उनीहरूलाई उपचारका क्रममा पक्राउ नगर्ने तथा स्वदेश नफर्काउने समेत दूतावासले बताएको छ।

‘कोरोनाभाइरसको संक्रमण भएको शंका लागेमा अवैधानिक रूपमा कोरियामा रहेका विदेशीहरू समेतले सार्वजनिक स्वास्थ्य संस्थामा चेकजाँच गराउन र सोको क्रममा पक्राउ नगर्ने, स्वदेश नफर्काउने तथा बिरामीको कानुनी हैसियतबारे नसोध्न अस्पतालहरूलाई निर्देशन दिएको छ,’ विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्