Logo

कोरोना भाइरसको संक्रमण बढेसँगै कोरिया जाने कामदारहरुको रोकियो उडान



Spread the love

११ फागुन, काठमाडौं । दक्षिण कोरियामा कोरोनाभाइरसको संक्रमण बढेपछि नेपाली कामदारको उडान स्थगित भएको छ। कोरियामा समेत कोरोनाभाइरसको संक्रमण बढ्दै गए पछि गत हप्तादेखि कोरिया जाने कामदारहरुको उडान रोकेको हो ।

गत हप्ता करिब २ दर्जन कामदार तालिका अनुसार उड्न पाएनन् ।आगामी फागुन १८ गतेलाई ४० जना कामदार पठाउने गरी कार्यसूची बनाए पनि अवस्था सहज नहुने देखिएको शाखाका निर्देशक कृष्ण खनालले जानकारी दिए ।

‘हप्तामा दुई/तीन फ्लाइटमा हाम्रा कामदारहरु जानुहुन्छ, तर गत हप्ता हामीले त्यहाँको अवस्था विश्लेषण गरेर उडान रोक्यौं,’ उनले भने,‘रोकिएकालाई १८ गते लैजान प्रस्ताव गरेका छौं, तर त्यो दिन पनि उडान होला जस्तो छैन ।’उनले कोरियास्थित दूतावाससँग सल्लाह गरेरै उडान रोकिएको बताए ।

आइतबार सियोलस्थित नेपाली दूतावासले थेगुमा रहेका नेपालीहरुलाई सावधानी अपनाउन आग्रह गर्दै सूचना जारी गरेको छ।

प्रतिक्रिया दिनुहोस्