Logo

भगवान् शिव हनुमान बन्नुको रहस्य के हो ?



Spread the love

एजेन्सी । भगवान शिव हरेक युगमा आफ्ना भक्तको रक्षाका लागि प्रकट हुने विश्वास पनि गरिन्छ । भगवान शिवले १२ रूद्र अवतार लिएका छन् । शिव महापुराणमा भगवान शिवका अनेक अवतारबारे वर्णन गरिएको पाइन्छ । शास्त्रमा रामभक्त हनुमानको जन्म दुई तिथिमा भएको भनेर उल्लेख गरेको पाइन्छ । जसमा उनको पहिलो जन्मलाई भगवान शिवको अवतार मानिएको छ । किनकि हनुमानकी माता अन्जनीले भगवान शिवको घोर तपस्या गरेर शिवलाई पुत्रको रूपमा प्राप्त गर्ने वर मागेकी थिइन् ।

त्यसपश्चात भगवान शिवले पवन देवको रूपमा आफ्नो रौद्र शक्तिको अंश यज्ञ कुण्डमा अर्पित गरेका थिए र त्यतिबेलै उक्त शक्ति अन्जनीको गर्भमा प्रविष्ट भएको थियो । त्यसपछि चैत्र शुक्ल पक्ष पूर्णिमाको दिन हनुमानको जन्म भएको थियो ।

पौराणिक कथाका अनुसार रावणको अन्त्यका लागि भगवान विष्णुले रामको अवतार लिएका थिए । उक्त समय सबै देवताले भगवान रामलाई सहयोग गर्न अलग–अलग रूपमा अवतार लिएका थिए ।

सोही समयमा भगवान शंकर (शिव)ले पनि आफ्नो रूद्र अवतार लिएका थिए । त्यस पछि उनलाई विष्णुबाट दास्यको वरदान प्राप्त भएको थियो । हनुमान शिवका ११ औं रूद्र अवतार हुन् ।

प्रतिक्रिया दिनुहोस्