Logo

प्रधानमन्त्री ओली ६९ औँ जन्मोत्सव मनाउन जन्मघरमा



Spread the love

११ फागुन , म्याङ्लुङ । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो ६९ औँ जन्मोत्सव मनाउन आठराई गाउँपालिका वडा नं ४ इवास्थित आफ्नो जन्मघरमा आज अपराह्न २ बजे आइपुग्नुभएको छ । उहाँलाई सङ्घीय सांसद भवानीप्रसाद खापुङ, प्रदेशसभा सदस्य लक्ष्मण तिवारी र तेजमान कङ्दम्वा, गाउँपालिका अध्यक्ष मानबहादुर लिम्बू र स्थानीयवासीले स्वागत गर्नुभएको थियो ।

प्रधानमन्त्रीका साथ धर्मपत्नी राधिका शाक्य, पिता मोहनप्रसाद ओली, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, सङ्घीय सांसद गणेश विमलीलगायत हुनुहुन्छ । उहाँले आजै सुकेपोखरी–भदौरै सडकको पनि शिलान्यास गर्नुभयो । त्यस्तै आठराई–१, सङ्कान्ति बजारमा स्थापना गरिएको नेपाल बैंक लिमिटेडको १७७ औँ शाखाको पनि उहाँले उद्घाटन गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्