Logo

राष्ट्रिय कविता प्रतियोगितामा अर्घाखाँचीका आचार्य प्रथम



Spread the love

१२ फागुन, काठमाडाैँ – टोखा नगरपालिकास्थित न्हुज खलः ले आइतबार आयोजना गरेको राष्ट्रिय युवा कविता प्रतियोगितामा अर्घाखाँचीका किशोर आचार्य प्रथम भएका छन् । आचार्यको ‘देश बाहिरबाट देश’ शीर्षकको कविताले प्रथम स्थान हासिल गरेको हो । प्रतियोगितामा झापाका केशव भट्टराई द्वितीय र उदयपुरका जीवन आरोही तृतीय हुनाका साथै पोखराका प्रकाश आचार्य, रौतहटका मनोजकुमार विश्वकर्मा र काठमाडौँ बत्तीसपुतलीका सुनिता भेटवालले सान्त्वना स्थान हासिल गरे ।


प्रतियोगितामा प्रथम हुनेलाई रु ५० हजार, द्वितीयलाई रु २० हजार, तृतीयलाई रु ३० हजार र सान्त्वना पाउनेलाई रु १० हजारसहित सम्मानपत्र प्रदान गरियो । प्रतियोगितामा एक सय प्रतिस्पर्धीले भाग लिएका थिए । तीमध्येबाट प्रथम चरणमा ५०, द्वितीय चरणमा २५, तृतीय चरणमा १५ गर्दै चौथो चरणमा १५ जनाबाट उत्कृष्ट छ छनोट गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्