Logo

खैरो हिरोइनसहित पाँच पक्राउ



Spread the love

१२ फागुन, कैलाली – कैलालीको बसपार्कस्थित अछाम होटलबाट खैरो हिरोइनसहित पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–२ बस्ने ३० वर्षीय रोशन सिंह, ३२ वर्षीय करन देउवा, ३६ वर्षीय सुवास हमाल, ३३ वर्षीय सुनिल कुँवर र होटल सञ्चालक विजय साउद रहेका छन् ।

उनीहरुबाट ५६० मिलिग्राम लागुऔषध खैरो हिरोइन बरामद गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस्