Logo

आविष्कार केन्द्रलाई जेम्सको सहयोग



Spread the love

१२ फागुन, झापा – झापाको दमक–८ स्थित झापा मोडल अङ्ग्रेजी बोर्डिङ स्कुल (जेम्स) ले महावीर पुनद्वारा स्थापित राष्ट्रिय आविष्कार केन्द्रलाई रु ५१ हजार आर्थिक सहयोग गरेको छ ।

काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको हातामा सञ्चालित सो केन्द्रलाई विज्ञान र प्रविधिको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउन सहयोग पुगोस् भन्दै स्कुलले सो सहयोग प्रदान गरेको प्रिन्सिपल सागर श्रेष्ठले बताए । विद्यालयको एक टोली आइतबार केन्द्रको कार्यालयमा पुगेर सो सहयोग हस्तान्तरण गरेको हो ।

विद्यार्थी, शिक्षक र स्कुल सञ्चालकबाट सङ्कलित सो सहयोग रकम केन्द्रका संस्थापक पुनलाई विद्यार्थीको हातबाट हस्तान्तरण गरिएको स्कुलका संस्थापक निर्देशक जयबहादुर श्रेष्ठले बताए । त्यस अवसरमा आविष्कारक पुनसँग विद्यार्थीले विज्ञान र प्रविधिका बारेमा अन्तरक्रिया गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्