Logo

ला लिगा: भिल्लारियललाई पराजित गर्दै एट्लेटिको तेस्रो स्थानमा उक्लियो



Spread the love

एजेन्सी । एट्लटिको मड्रिड भिल्लारियलमाथि सहज हात पार्दै स्पेनिस ला लिगाको तेस्रो स्थानमा उक्लिन सफल भएको छ । घरेलु टोलीले भिल्लारियलाई ३–१ ले पराजित गर्दै सेभियालाई पछि पार्दै ला लिगाको तेस्रो स्थानमा उक्लिएको हो ।

सेभियालाई एट्लेटिकोले गोल अन्तरमा पछि पार्दै तेस्रो स्थानमा उक्लिएको हो । मेट्रोपोलिटानोमा आइतबार राति भएको खेलमा घरेलु टोलीको जितमा एन्जेल कोरेरा, कोकी र जोओ फेलिक्सले गोल गरे । भिल्लाका पाको अल्कासेरले गरेको गोल सान्त्वना बन्यो । एट्लेटिकोले एक गोलले पछि परेको स्थिति उल्ट्याएर महत्वपुर्ण ३ अंक जोड्न सफल भएको हो ।

एटेलेटिको र सेभियाको २५ खेलबाट समान ४३ अंक रहेको छ । भिल्लारियल ३८ अंक जोडेर सातौ स्थानमा छ भने एट्लेटिको शीर्षस्थानको बार्सिलोनासँग १२ अंकले तथा दोस्रो स्थानको रियाल म्याड्रिडसँग १० अंकले पछि छ ।

प्रतिक्रिया दिनुहोस्