Logo

टेस्ट सिरिज: न्युजिल्याण्डविरुद्ध पाहुना टोली भारतको लज्जास्पद हार



Spread the love

एजेन्सी । भारत र न्युजिल्यान्डबीचको जारी टेस्ट सिरिजमा तीव्र गतिका बलरको सानदार प्रदर्शनमा पाहुना टोली भारत १० विकेटले पराजित भएको छ । सोमबार चौथो दिनको खेलमा भारत आफ्नो दोस्रो इनिङमा १ सय ९१ रनमा नै अलआउट भएपछि न्युजिल्यान्डले मात्र ९ रनको लक्ष्य पाएको थियो । उक्त लक्ष्य मात्र १० बलमा पूरा गर्दै न्युजिल्यान्डले सानदार जित हात पार्यो । यससँगै २ खेलको टेस्ट सिरिजमा न्युजिल्यान्डले १-० को अग्रता बनाएको छ । दोस्रो टेस्ट क्राइस्टचर्चमा शनिबारदेखि सुरु हुनेछ ।

सोमबार भारतले १४४.४ बाट चौथो दिनको खेलअगाडि बढाएको थियो । तर ४७ रन थप्दा ६ विकेट गुमायो । अजिन्क्या रहाने ४ रन थप्दै २९ रनमा आउट भए भने हनुमान बिहारी १५ रनमै आउट भए । त्यसपछि भारतको निरन्तर विकेट गयो । रिषव पन्त २५, रविचन्द्रन आश्विन ४, इशान्त शर्मा १२ रनमा आउट भए भने जसप्रित बुमराहले खाता खोल्न सकेनन् । भारतलाई अलआउट गर्न न्युजिल्यान्डका लागि टिम साउथीले ५ तथा ट्रेन्ट बोल्टले ४ विकेट लिए ।

वेलिङ्टनमा भएको खेलमा भारत पहिलो इनिङ्समा १६५ रनमा अलआउट भएको थियो भने न्युजिल्याण्डले पहिलो इनिङ्समा ३४८ रन बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्