Logo

प्रधानमन्त्रीलाई पोखरामा कालोझण्डा देखाउन खोज्ने ६ जना पक्राउ



Spread the love

१२ फागुन, पोखरा । प्रहरीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन खोज्ने ६ जनालाई पक्राउ गरेको छ । नेकपा गण्डकी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न सोमबार पोखरा पुगेका समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियनका विद्यार्थी पोखरा सभागृह गेटबाहिर कालो झन्डा देखाउने तयारी गर्दै नाराबाजी गरिरहेका बेला पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा समाजवदीका विद्यार्थी युनियनका विशाल तिमिल्सिना, नेत्र चापागाईं लगायत ४ जना रहेका छन् । यस्तै नेविसंघ निकट भीरध्वज जङ्ग पौडेल (जिएमसी उपाध्यक्ष) र असिम पौडेल पनि पक्राउ परेका छन् ।

प्रतिक्रिया दिनुहोस्