Logo

शुभ मंगल ज्यादा सावधानले तीन दिनमा कति कमायो ?



Spread the love


एजेन्सी । पछिल्लो समयमा सुपरस्टार आयुष्मान खुरानाले बलिउडमा राज गरिरहेका छन् ।
बाला, अन्धाधुनजस्ता चलचित्रमा अभिनय गरेर ख्याति कमाएका खुराना रोकिने मनशायमा छैनन् ।


गएको शुक्रबार शुभ मंगल ज्यादा सावधान प्रदर्शनमा आएको थियो । शुभ मंगल ज्यादा सावधान भूतः द हन्टेड सिपसँग जुधेको थियो तर भूतले भने बक्स अफिसमा आफ्नो जादु देखाउन सकेन ।

आयुष्मान खुराना अभिनित चलचित्र शुभ मंगल ज्यादा सावधानले ३ दिनमा ३२.६६ करोड भारु बनाएको छ । शुभ मंगल ज्यादा सावधानले बक्स अफिसमा सुरुको दिनमा ९.५५ करोड करोड जम्मा गरेको थियो । त्यसपछि भने कमाइमा वृद्धि गर्दै आएको छ । शनिबार र आइतबार क्रमशः ११.०८ र १२.३ करोड भारु बनाएको छ ।


शुभ मंगल ज्यादा सावधान हितेश केवालयद्धारा निर्देशित चलचित्र हो । प्रस्तुत चलचित्रमा आयुष्मान खुरानाको साथमा जितेन्द्र कुमार, सुनिता राजवार, नीना गुप्ता, मनु ऋषि लगायतका कलाकारहरुको अभिनय रहेको छ ।


आयुष्मान खुरानाले सन् २०१२ मा प्रदर्शनमा आएको विक्की डोनरबाट बलिउडमा डेब्यू गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्