Logo

चिकित्सकले रुवाउन खोज्दा रिसाइन् नवजात शिशु !



Spread the love

एजेन्सी । अहिले एक नवजात शिशुको तस्वीर सामाजिक सञ्जालमा भाइरल भईरहेको छ । यसको कारण हो शिशुको एक्सप्रेशन ।

यो घटना ब्राजिलको रियो डी जेनेरियो अस्पतालको हो । उक्त हस्पिटलमा एक महिलाले शिशुलाई जन्म दिएकी थिइन् । नाभी काट्नु अघि चिकित्सकले शिशुलाई रुवाउने कोशिस गरिरहेको बेला नवजात शिशुले देखाएको प्रतिक्रियाबाट चिकित्सक छक्क परेका छन् । चिकित्सकका अनुसार शिशु जन्मिने समयमा रोएकी थिइनन् । नाभी काट्नु भन्दाअघि नवजात शिशुलाई रुवाउने कोशिस गरे । नवजात शिशु स्वस्थ्य रहेको र फोक्सोले राम्ररी काम गरेको सुनिश्चित गर्न शिशुलाई रुवाउने प्रयास गरिएको थियो ।

तर उक्त समयमा नवजात शिशुले धेरै रिसाएको प्रतिक्रिया देखाइन् । उनको यस्तो प्रतिक्रिया देखेर अस्पतालको वातावरण खुशीमय बनेको थियो ।

चिकित्सले रुवाउने प्रयास गर्दा शिशुले आँखा ठूला ठूला पारेकी थिइन् । तर उनी रोएकी थिइनन् । चिकित्सकले उनलाई आग्रह गर्दै भनेका थिए, ‘रोउ न ईशा’ । यसपछि शिशुले आफ्नो अनुहार गम्भीर बनाइन् ।

प्रतिक्रिया दिनुहोस्