Logo

गजल



Spread the love

                                                                          ढल्को

balaram timalsina biplabलडाइँ छ ज्यानमारा खुट्टा नकमाउँनू !
देशभन्दा बाहिर कतै नसमाउँनू !!

लडाइँ त सुरु भयो बल्ल संझिनू यो !
जितें भनी हतारमा उसै नरमाउँनू !!

सेवा गर्नू गोरु बनी जनता र देशको !
हवादारी कुरा गरी शान नजमाउँनू !!

दुखेको छ देश धेरै भई भार ज्यादा !
घटाउँनू बोझ,उल्टै बोझ नथमाउँनू !!

भर्खरै जो गयो ,बाटो ढुकिबसेको छ !
दर्जनमा परिएला काल नकमाउँनू !!

प्रतिक्रिया दिनुहोस्