Logo

काेभिड–१९ बाट मृत्यु हुनेहरूकाे सङ्ख्या २,६६३



Spread the love

एजेन्सी । कोभिड–१९ अर्थात् कोरोना भाइरसको कारण चीनमा ज्यान जानेहरुको सङ्ख्या २,६६३ पुगेको पिपल्स डेली चाइनाले बताएको छ ।

कोरोना भाइरसबाट संक्रमित हुनेहरुको सङ्ख्या ७७,६५८ पुगेको छ । अस्पतालबाट डिस्चार्ज भएर घर जानेहरुको सङ्ख्या भने २७,३२३ रहेकाे छ ।

इटालीमा २२२ जनामा काेराेनाकाे संक्रमण देखिएकाे छ भने ६ जनाकाे मृत्यु भइसकेकाे छ ।
अमेरिकामा पनि ५३ जनामा काेराेना भएकाे पुष्टि भएकाे छ जसमध्ये १४ जना अमेरिकन रहेका छन् भने बाँकी डाइमन्ड प्रिन्सेस क्रुजबाट आएका ३६ जना र वुहानबाट आएका ३ जनामा काेराेना भाइरस देखिएकाे पिपल्स डेली चाइनाले उल्लेख गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस्