Logo

मिस नेपाल २०२० को आवेदन खुल्ला, ९ शहरमा अडिसन हुने



Spread the love


काठमाडौं । मिस नेपाल २०२० को आवेदन खुल्ला गरिएको छ । आयोजक हिडन ट्रेजरले २७ मार्चसम्म आवेदन भर्न सकिने बताएको छ । मिस नेपालको वेबसाइटमा गएर पनि आवेदन निशुल्क भर्न पनि पाइने छ ।

१५ मेमा मिस नेपालको घोषणा गरिने हिडन ट्रेजरका निर्देशक दिवाकर राजकर्णिकारले बताएका छन् । काठमाडौं, धनगढी, नेपालगन्ज, पोखरा, बुटबल, चितवन, वीरगन्ज, धरान र विर्तामोडमा अडिसन हुँदैछ ।

१९ वर्षदेखि २६ वर्षसम्मको अविवाहित युवतीले मात्र मिस नेपालको लागि आवेदन भर्न पाउनेछन् । यसै गरी उचाइ ५ फुट, ४ इन्च हुनुपर्ने, नेपाली नागरिकता वा नेपाली पासपोट पनि हुनुपर्ने आयोजकले बताएको छ ।

यो वर्षदेखि विजेताको पुरस्कार राशि बढाइ २ लाख, ५० हजार रुपैयाँ बनाइएको छ र त्रैमासिक रुपमा भत्ता पनि पाउने आयोजकले जनाएको छ ।

सन् २०१८ की मिस नेपाल श्रृंखला खतिवडा र २०१९ की मिस नेपाल अनुष्का श्रेष्ठ मिस वर्ल्डमा टप १२ भित्र पर्न सफल भएका थिए ।

प्रतिक्रिया दिनुहोस्