Logo

सिद्धार्थ मलहोत्रा थडामको हिन्दी रिमेकमा देखिने



Spread the love


एजेन्सी । बलिउड स्टार सिद्धार्थ मलहोत्रा तमिल चलचित्र थडामको हिन्दी रिमेकमा देखिने भएका छन् ।


कबिर सिंहको अपार सफलतापछि बलिउडमा तमिल चलचित्रको हिन्दी रिमेक गर्ने होड चलिरहेको छ । आरएक्स–१००, जर्सीजस्ता चलचित्रको पनि हिन्दी रिमेक बन्दै छ ।

थडाममा मलहोत्राको डबल रोल देखिने छ । चलचित्रको सुटिङ मेबाट सुरू गरिने स्रोतले बताएको छ । चलचित्रलाई वरदान केटकरले निर्देशन गर्नेछन् ।


सिद्धार्थ मलहोत्राले सन् २०१२ मा प्रदर्शन भएको चलचित्र स्टुडेन्ट अफ द इयरबाट बलिउडमा डेब्यू गरेका थिए । मलहोत्राको अभिनय भएको चलचित्र शेरशाह पनि जुलाइमा प्रदर्शन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्