Logo

मिसन इम्पोसिबल–७ को छायांकन रोकियो



Spread the love


एजेन्सी । हलिउड चलचित्र मिसन इम्पोसिबल–७ को छायांकन रोकिएको छ । इटालीको भेनिसमा तीन साता हुने भनिएको छायांकन कोरोना भाइरसको कारणले गर्दा रोकिएको प्यारामाउन्ट पिक्चर्सले जनाएको छ ।

मिसन इम्पोसिबल–७ मा टम क्रुज, हाली एटवेल, रीबेक्का फग्र्युसन, भेनेसा किर्बी लगायतका कलाकारहरु रहेका छन् । मिसन इम्पोसिबल–७ मा क्रिस्टोफर म्याकक्वायरीको पनि अभिनय रहने प्यारामाउन्ट पिक्चर्सले जनाएको छ । क्रिस्टोफरले मिसन इम्पोसिबल सिरिजका २चलचित्रको निर्देशन गरिसकेका छन् । मिसन इम्पोसिबल–७ मा पनि क्रिस्टोफरकाे निर्देशन रहनेछ ।


चलचित्र सन् २०२१ को जुलाइ २३ मा रिलिज हुने छ । मिसन इम्पोसिबल फिल्म सिरिज सन् १९९६ बाट सुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्