Logo

गायिका मिलन अमात्यले गरिन् डिभोर्स



Spread the love

गायिका मिलन अमात्यले श्रीमानसँग औपचारिक रुपमा सम्बन्ध बिच्छेद गरेकी छिन् । केही समय अघि मिलन अमात्यले सम्बन्ध बिच्छेदका लागि निबेदन दिए पनि यो कुरालाई बाहिर ल्याउन चाहेकी थिइनन् ।

तर आज सोमबारदेखि मिलन र उनका श्रीमान मेन्सनबिच औपचारिक रुपमै सम्बन्ध बिच्छेद भएको छ । सम्बन्ध बिच्छेदका कारण बारे केही खुलाउन नचाहेका मेन्सनले सोमबारबाट दुबै जना अलग भएको जानकारी भने दिए ।

यो बिषयमा मिलनसँग सम्पर्क गर्दा पछि कुरा गर्छु भनेर पन्छिन चाहिन् । गायक दीपक लिम्बुसँगको प्रेम प्रसंगका कारण मिलनको वैवाहिक सम्बन्धमा दरार आएको बजारमा चर्चा छ । तर दीपक र मिलनले यो कुरालाई अस्वीकार गर्दै आएका छन् ।

https://www.youtube.com/watch?v=sdydiEPDBaM&feature=youtu.be

प्रतिक्रिया दिनुहोस्