Logo

राष्ट्रपति भण्डारी सुदूरपश्चिमको यात्रामा, स्वागतमा पाटन नगरपालिकाभरि सार्वजनिक बिदा



Spread the love

१४ फागुन, काठमाडौं । बुधबारदेखि राष्ट्रपति विद्यादेवी भण्डारीले सुदूरपश्चिम प्रदेशको भ्रमण गर्ने भएकी छन्। राष्ट्रपति जाने भएपछि बैतडीस्थित पाटन नगरपालिकाले सार्वजनिक बिदा दिएको छ । राष्ट्रपतिबाट आज मध्याह्न १२ बजे धनगढीमा हुने विश्व नेपाली साहित्य महोत्सवको उद्घाटन र आजै २ बजे शिवनगर खानेपानी आयोजनाको निरीक्षण गर्ने कार्यक्रम छ ।

बिहीबार उनी पहाडी जिल्लाको भ्रमणमा जानेछन्। बैतडीको पाटनमा उनले सिटिइभिटीको एउटा कलेजको उद्घाटन गर्ने कार्यक्रम छ। पाटन नगरपालिका ६ मा बनेको उक्त कलेजको उदघाटन गर्नुअघि राष्ट्रपति भण्डारीले दशरथ नगरपालिकामा पर्ने त्रिपुरा सुन्दरीको दर्शन गर्ने कार्यक्रम छ। राष्ट्रपति पहिलोपटक नगरपालिकामा आउन लागेकाले स्वागतका लागि १ दिन सार्वजनिक बिदा दिइएकाे पाटन नगरपालिकाका प्रमुख केशबबहादर चन्दले जानकारी दिए ।

त्यसपछि उनी कञ्चनपुर जानेछन। कञ्चनपुरको शुक्लाफाँटा महोत्सवमा सहभागी बनेर राष्ट्रपति भण्डारी शुक्रबार काठमाडौं फर्कने कार्यक्रम रहेको शितलनिवास स्रोतले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्